Introduction

सहकारीको अर्थ र परिभाषा

सँगै मिलेर गरिने कार्य नै सहकार्य हाे । एउटै उद्देश्य भएका समूहकाे सामुहिक कार्य नै सहकारी हाे । आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ । प्राचिन सहकारीको सुरुवात पर्ूर्वीय दर्शनबाट भएको हो । अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरु सहकारीकै रुप हुन् । आधुनिक सहकारीको सुरुवात भने सन् १८४४ मा बेलायतबाट भएको हो ।

सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरुले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ ।

नेवारी समाजमा सहकारी र सहकार्यका धेरै उदाहरणहरू पाइन्छ । अाजकाे दिनमा हामीले देख्दै सुन्दै अाएकाे हाम्राे रितिरिवाज, परम्परा, धर्म संस्कृतिहरू त्यहि सहकारी भावना र मर्मकाे उपज हाे । विश्वमा सहकारीकाे सिद्दान्त धेरै पछि अाएकाे हाे किनकी जुन वेला नेवार समुदायले कुनै एउटा परम्परा संचालन गर्न हाेस वा कुनै ठूलाे कार्य सम्पादन गर्न हाेस, उनीहरूले सहकारीकाे मुल्य र मान्यतालाइ स्थापित हुने खालका कार्यहरू गरेकाे पाइन्छ । सहकारी कै रूपमा विभिन्न गुठिहरू स्थापित रहेकाे पाइन्छ । गुठिहरूकाे नाम र काम उनीहरूकाे प्रकृति अनुसार फरक फरक हुने गरेकाे पाइन्छ ।

नेपाली बृहत शब्द कोषका अनुसार सहकारी संस्था भन्नाले किसान, मजदुर वा साना पुँजी भएका व्यवसायी वा उपभोक्ताहरुले साझा रुपमा मिलेर सवैको निम्ति उपभोग्य बस्तुको उत्पादन वा वितरण आदिको प्रवन्ध गर्ने र पुँजी तथा श्रम अनुसार मुनाफा बाँडिने एक संस्था भनिएको छ ।

एउटा साझा उद्देश्य लिएर एउटै भौगोलिक क्षेत्र भित्रका व्यक्तिहरूले आ आफ्नो आर्थिक उन्नतीका लागि दुइ वा दुइ भन्दा बढी व्यक्तिहरू मिलि आ आफ्नो आयको केहि अंश नियमित रुपमा जम्मा गरी आयमूलक कार्य सञ्चालन गर्न ऋण प्रदान गरेर समूह वा संस्थालाई निरन्तरता प्रदान गर्नु नै सहकारी  हो । सहकारी लाई औद्योगिकरणको उपज मान्न सकिन्छ ।

  1. सहकारी समुदायले गर्ने व्यवसाय हो ।
  2. शेयर सदस्यहरु सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन् ।
  3. सहकारीमा पूँजीको हैन सदस्यको महत्व हुन्छ ।
  4. सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ

समुदायमा आधारित सहकारी संस्थाका विशेषताहरु

  1. संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरु स्थानिय व्यक्ति नै हुन्छन् ।
  2. संस्थाले विनियमका साथै विभिन्न निति नियमहरु तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरु संचालन गरिएका हुन्छन् ।
  3. संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बांकी रकम आफ्ना सदस्यहरुलाई नै ऋण लगानि गरिएको हुन्छ।
  4. संस्थापक र संचालकहरुको लगानि नाम मात्रको (अन्यन्त थोरै) नभई स्वभाविक हुन्छ ।
  5. प्रजातान्त्रिक प्रणालिवाट चलेको तथा सहकारी भावना र सिद्धान्त बमोजिम अगाडि बढेको हुन पर्छ ।
  6. संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनु पर्छ ।
  7. संस्थामा पर्याप्त शेयर पुजि तथा अन्य कोष भएको हुनु पर्छ ।
  8. नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र वचत संकलन गर्ने र सदस्य भएको केही समय पछि सदस्य भित्रमात्र ऋण लगानि गर्नु पर्ने हुन्छ ।

सहकारीको उद्देश्य

  1. सहकारीको न्यायिक उद्देश्य
  2. सहकारीको आर्थिक उद्देश्य
  3. सहकारीको सामाजिक उद्देश्य
  4. सहकारीको शैक्षिक उद्देश्य

सहकारीको न्यायिक उद्देश्य 
उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरुपले आर्थिक उपलब्धिहरुको वितरण गरी सदस्यहरुलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । 
यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवं विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरुले सामाजिक न्याय र समानता पाउँछन् ।

सहकारीको आर्थिक उद्देश्य 
सदस्यहरुलाई विभिन्न आयमूलक, सीपमूलक एवं उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरु प्रदान गरी उनीहरुको आिर्थक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हो ।
सहकारीले आफ्ना सदयहरुको आर्थिक विकासका लागि विभिन्न आिर्थक योजना तथा कार्यक्रमहरु सञ्चालन गरी त्यसमा उनीहरुलाई सहभागी गराउने गर्दछ । 
कुनै पनि सदस्यलाई जात जाति, धर्म, लिड्ड, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरुपले आर्थिक कारोवार गर्ने, जस्तो(बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने, व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररुपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ ।

सहकारीको सामाजिक उद्देश्य 
समाजमा व्याप्त गरीबी, बेरोजगारी, आर्थिक शोषण र अन्याय(अत्याचारको अन्त्य गरी एक आदर्श समाजको निर्माण गर्नु हो । 
मानवीय संगठन भएकोले यसले मानिसहरुमा सहयोग, एकता, इमान्दारी, स्वावलम्बन, सामाजिक दायित्वको भावना जस्ता मानवीय गुणहरुको विकास गर्दछ । 
समाजका पछडिपारिएका महिला, दलित, वर्ग वा व्यक्तिहरुलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ 
सहकारीले आफ्ना सदस्यहरुलाई सामुहिक रुपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुग्दछ ।

सहकारीको शैक्षिक उद्देश्य 
आफ्ना सदस्यहरुको चेतना विकासका लागि सहकारी शिक्षा, तालिम र परामर्श दिनु यसको शैक्षिक उद्देश्य हो । 
सहकारीले आफ्ना आर्थिक कारोवारबाट बचत भएको रकमको केही अंश सहकारी तालिम, शिक्षा, परामर्श सेवा, सेमिनार, गोष्ठीजस्ता शैक्षिक क्रियाकलापमा खर्च गर्ने हुनाले एउटा शिक्षित समाजको निर्माण गर्दछ ।

सहकारीका अन्तराष्ट्रिय सिद्धान्तहरु

सहकारी संस्थाहरु स्वावलम्बन, स्व–उत्तरदायी, प्रजातान्त्रिक, समानता न्याय र ऐक्यवद्धताका मूल्यहरुमा आधारित छन् । आफ्ना संस्थापकहरुको परम्परामा सहकारी संस्थाका सदस्यहरुले इमान्दारिता, खुलापन, सामाजिक दायित्व र अरुको चासो राख्ने नैतिक मूल्यहरुमा विश्वास राख्दछन् । सहकारीका मूल्य मान्यताहरुलाई कार्यरुपमा उतार्न यसका सिद्धान्तहरुले मार्गदर्शन गरिरहेका छन् ।

१. स्वैच्छिक तथा खुला सदस्यता 
सहकारी संस्था एक स्वच्छिक संगठन भएकोले यसको यसको सदस्यता पनि स्वेच्छिक हुन्छ । जुनसुकै जाति, धर्म र भेषभुषाका मानिसहरुले सहकारीको सदस्यता लिन र आफूलाई मन नपरेमा सदस्यता त्याग्न सक्छन । संस्थाको सेवा उपभोग गर्न र जिम्मेवारी वहन गर्न इच्छुक जो सुकै व्यक्तिहरुले विना भेदभाव सदस्यता प्राप्त गर्न सक्दछन् । यसको सदस्यता सदैव खुल्ला हुन्छ ।

२. सदस्यद्धारा प्रजातान्त्रिक नियन्त्रण 
यस सिद्धान्त अनुसार सहकारी संस्थाहरुमा सदस्यहरुद्धारा सदस्यकै लागि प्रजातान्त्रिक नियन्त्रण पद्धति अपनाईन्छ । सदस्यहरु मध्ये बाटै प्रजातान्त्रिक पद्धतिद्धारा कार्य समिति तथा उप समितिका सदस्यहरु बहुमत सदस्यको स्वीकृतिमा नीति निर्र्णातय गरी लागू गरिन्छ र्। एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्त अर्न्तर्गत सञ्चालन हुने प्रारम्भिक सहकारी संस्थाहरुमा एक व्यक्ति एक मतको अधारमा समान मताधिकार हुन्छ । 

३. सदस्यको आर्थिक सहभागिता 
यस सिद्धान्त अनुसार सहकारी संस्थामा सदस्यहरु आफ्नो लगानीको आधारमा न्यायिक रुपमा आर्थिक सहभागिता जनाउँछन् । संस्था नाफामा गएमा सदस्यहरुले नाफाको केही अंश संरक्षित पूँजीकोषको रुपमा सिमित बचत फिर्ता पाउँछन् र संस्थामा रहेको सम्पत्ति सवैको साझा हुन्छ । सहकारी संस्था सेवामूलक व्यबसाय भएकोले यसबाट आर्जित मुनाफालाई सदस्यहरुकै हित अर्थात संस्थामा जगेडा कोष खडा गर्न, ऋण सुरक्षण कोष स्थापना गर्न, संस्थाको विकास गर्न, सदस्यहरुलाई राहत दिन र सदस्यहरुद्धारा स्वीकृत विभिन्न कार्यक्रमहरुमा खर्च गर्ने ब्यबस्था गरिन्छ ।

४. स्वायत्तता र आत्मनिर्भरता 
सहकारी संस्था एक स्वायत्त निकाय भएकोले प्रचलित सहकारी ऐन, नियम तथा कानुन सँग नबाझिने गरी यसको सञ्चालन, सर्म्वर्द्धन गर्न आफ्नो नीति तथा कार्यक्रम आफै बनाउन र लागू गर्न सक्छ । यो एक आत्मनिर्भर संस्था भएको कारण पूँजी संकलन तथा लगानी गर्दा पारदर्शि तथा न्यूनतम आर्जनदर कायम गरी आत्मनिर्भर बन्न सक्दछ । 

५. शिक्षा, तालिम र सूचना 
सहकारी संस्था प्रभावकारी रुपमा सञ्चालन गर्न र आफ्ना सदस्यहरुलाई सुसुचित गराउन विभिन्न खालका शिक्षा तथा तालिम कार्यक्रमको आयोजना गरी संस्थाका पदाधिकारी एवं सदस्यहरुलाई संस्था सञ्चालन गर्न योग्य बनाउछ । सहकारीको सञ्चालन, लाभ तथा विकासको वारेमा सदस्यहरुलाई सूचना प्रदान गरी चेतना जगाउने कार्य गर्दछन् ।

६.सहकारी संस्थाहरुका वीच सहयोग 
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरु वीच आपसमा सहयोगहरु आदान प्रदान गरी स्वस्थ प्रतिस्पर्धात्मक वातावरणमा संचालन हुन्छन् । विभिन्न अन्तरक्रिया कार्यक्रमहरु, सामाजिक उन्नतीका साझा कार्यक्रमहरु आयोजना गरी आफ्ना सदस्यहरु र स्थानिय, क्षेत्रीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय संरचनामा सहभागि भई सहकारी आन्दोलनलाई र्मूतरुप दिन योगदान पु(याउछन् । 

७. समूदाय प्रति चासो 
यस सिद्धान्त बमोजिम सहकारी संस्थाहरुले आफ्ना समूदाय प्रंति र्पूण चासो राख्दछन् । समूदायका सदस्यहरु सम्मिलित भई समूदायकै सदस्यको हीतको निमित्त संचालित संस्था भएकोले समाजको विकास, विस्तार र चेतना अभिवृद्धि आदि कार्यहरुमा सहभागि भई समूदायको दिगो विकास गर्न लागि पर्दछन् । 

शेयर पूजी भनेको के हो ?

सामान्य अर्थमा पूँजी भन्दासाथ धन(सम्पत्ती, रुपैया(पैसा, जिन्सी लगानी गरेर प्रतिफल दिन सक्ने अवस्थाको सम्पत्तीलाई जनाउँछ ।
पूँजी भनेको सम्पत्ती हो भने शेयर भनेको त्यसको हिस्सा वा अंश हो । सामान्य अर्थमा भन्नु पर्दा शेयर पूँजी भनेको संस्थाको मूल सम्पत्ती वा पूँजी हो । यो पूँजी आफ्ना सदस्यहरुलाई स(सानो हिस्सा प्रदान गरी सङ्कलन गरिन्छ । 
सहकारी संस्थामा अन्य कम्पनीमा वा संस्थामा जस्तो अधिकृत जारी र चुत्ता पूँजी भनेर उल्लेख गरिदैन । संस्थाका हरेक सदस्यलाई अधिकारवाला बनाउनका लागि स(सानो अंशमा पूँजीलाई विभाजन गरी राखिएको हुन्छ । सदस्य हुन चाहने व्यक्तिले संस्थाले तोकेको न्यूनतम् शेयर थान खरिद गरेर संस्थाको आधिकारिक सदस्य हुन सक्दछ । शेयर बिना सहकारी संस्थाको सदस्य बन्न सकिदैन ।
शेयर सदस्य बनिसकेपछि सहकारी ऐन २०४८ मा व्यवस्था भए अनुसार शेयर पूँजीको १५५ तोके अनुसार शेयर लाभांशको रुपमा नाफा लिन सकिन्छ ।

सहकारी ऐनमा एउटा सदस्यले शेयर पूँजीको २०५ प्रतिशत मात्र शेयर खरिद गर्न सक्ने व्यवस्था छ । सो भन्दा बढी शेयर चाहेर पनि खरिद गर्न सकिदैन ।

त्यसैले सहकारी संस्थामा लगानीको आधारमा कुनै व्यक्तिले एकाधिकार जमाउन पाउँदैन । सहकारीको शेयर हस्तान्त्ररणको सर्न्दर्भमा पनि हस्तान्त्रण पनि गर्न सकिन्छ र सदस्यले छोडेर अन्यत्र गएको अवस्थामा शेयर रकम फिर्ता गर्ने प्रावधान सहकारी ऐनमा व्यवस्था गरिएको छ ।

बचत के हो ?

  1. भविष्यको सहारा हो
  2. आर्थिक विकासको बीज हो
  3. आर्थिक सङ्कलनको तरीका हो
  4. खुत्रुके जम्मा, नियमित र बैंक जम्माको थालनी हो
  5. स-साना व्यवसाय सञ्चालन गरी आय आर्जन गर्ने पु“जीको श्रोत हो
  6. आफ्नो आर्थिक तथा सामाजिक विकासको प्रयास हो
  7. फजुल खर्चको कटौती तथा खेर गैरहेको श्रोत साधन र समयको उपयोग हो

बचत कसरी गर्न सकिन्छ ?

  1. कम खर्च गरेर
  2. फजुल खर्च कम गरेर
  3. बानीमा सुधार गरेर
  4. आम्दानी बढाएर
  5. त्यागी भएर
  6. विश्वास, सद्भावना र एकताबद्ध भएर
  7. आफ्नो तथा परिवारको भविष्य प्रति संवेदशील र दूरदर्शी भएर
  8. कूलत बानीहरु हटाएर जस्तै चुरोट, रक्सीको सेवन
  9. अनावश्यक सामाजिक खर्चहरु घटाएर जस्तै विहे, ब्रतबन्ध, काजक्रियामा कम खर्च गरेर
  10. जाँगरीलो, उद्यमशील र परिश्रमी भएर

बचत किन गर्ने ?

  1. आपतकाल र्टार्न
  2. आयमूलक व्यवसाय सञ्चालन गर्न
  3. आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न
  4. सामाजिक आर्थिक दायित्व वहन गर्न सजिलो पार्न जस्तै चार्डपर्व, विवाह, ब्रतबन्ध
  5. सम्पत्ति बढाउन
  6. सामूहिक र साझेदारी भावनाको विकास गर्न
  7. आत्मनिर्भर र स्वावलम्बी हुन
  8. भावि सन्ततिलाई आर्थिक बोझ कम गर्न

बचतको महत्त्व कुन बेला हुन्छ ?

  1. हातमा सीप जाँगर भएको तर पुँजीको अभाव खड्किएको वेला
  2. अनिकाल परेको समयमा
  3. दैवि प्रकोपको समयमा
  4. साहूबाट चर्को ब्याजदरमा ऋण लिनुपर्ने अवस्थामा
  5. साहूले ऋणका लागि नपत्याउने अवस्थामा
  6. सामाजिक चार्डपर्व र रीतिरिवाजको लागि पैसा आवश्यक परेको अवस्थामा
  7. ऋण लिनको लागि धितो राख्ने सम्पत्ति नभएको अवस्थामा
  8. अन्य आपत्कालिन अवस्थामा