बचत के हो ?
- भविष्यको सहारा हो
- आर्थिक विकासको बीज हो
- आर्थिक सङ्कलनको तरीका हो
- खुत्रुके जम्मा, नियमित र बैंक जम्माको थालनी हो
- स-साना व्यवसाय सञ्चालन गरी आय आर्जन गर्ने पु“जीको श्रोत हो
- आफ्नो आर्थिक तथा सामाजिक विकासको प्रयास हो
- फजुल खर्चको कटौती तथा खेर गैरहेको श्रोत साधन र समयको उपयोग हो
बचत कसरी गर्न सकिन्छ ?
- कम खर्च गरेर
- फजुल खर्च कम गरेर
- बानीमा सुधार गरेर
- आम्दानी बढाएर
- त्यागी भएर
- विश्वास, सद्भावना र एकताबद्ध भएर
- आफ्नो तथा परिवारको भविष्य प्रति संवेदशील र दूरदर्शी भएर
- कूलत बानीहरु हटाएर जस्तै चुरोट, रक्सीको सेवन
- अनावश्यक सामाजिक खर्चहरु घटाएर जस्तै विहे, ब्रतबन्ध, काजक्रियामा कम खर्च गरेर
- जाँगरीलो, उद्यमशील र परिश्रमी भएर
बचत किन गर्ने ?
- आपतकाल र्टार्न
- आयमूलक व्यवसाय सञ्चालन गर्न
- आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न
- सामाजिक आर्थिक दायित्व वहन गर्न सजिलो पार्न जस्तै चार्डपर्व, विवाह, ब्रतबन्ध
- सम्पत्ति बढाउन
- सामूहिक र साझेदारी भावनाको विकास गर्न
- आत्मनिर्भर र स्वावलम्बी हुन
- भावि सन्ततिलाई आर्थिक बोझ कम गर्न
बचतको महत्त्व कुन बेला हुन्छ ?
- हातमा सीप जाँगर भएको तर पुँजीको अभाव खड्किएको वेला
- अनिकाल परेको समयमा
- दैवि प्रकोपको समयमा
- साहूबाट चर्को ब्याजदरमा ऋण लिनुपर्ने अवस्थामा
- साहूले ऋणका लागि नपत्याउने अवस्थामा
- सामाजिक चार्डपर्व र रीतिरिवाजको लागि पैसा आवश्यक परेको अवस्थामा
- ऋण लिनको लागि धितो राख्ने सम्पत्ति नभएको अवस्थामा
- अन्य आपत्कालिन अवस्थामा
Total Page Visits: 271 - Today Page Visits: 1